नियम ६६
लिखित रुपमा दाबी प्रतिदाबी पेश गर्नुपर्ने
: (१) ऐनको दफा ११९ को उपदफा (५) बमोजिम मध्यस्थताबाट विवाद समाधान गराउन चाहने पक्षले दाबी पेश गर्दा शुरु माग दाबीमध्ये सहमती भइसकेको विषयमा सहमती भइसकेको व्यहोरा उल्लेख गरी बाँकी विषयहरु र सो पुष्टि गर्ने आधार सहित मध्यस्थले काम प्रारम्भ गरेको सातदिन भित्र लिखितरुपमा मध्यस्थ समक्ष दाबी पेश गर्नु पर्नेछ। त्यसरी दाबी पेश गर्दा सामूहिक माग दाबीभन्दा बाहिर वा असम्बद्ध कुनै विषयमा दाबी पेश गर्न पाईने छैन।
(२) उपनियम (१) बमोजिम दाबी पेश भएपछि मध्यस्थकर्ताले त्यस्तो दाबीको जानकारी सहित प्रतिदाबी  पेश गर्न अर्को पक्षलार्इ सात दिनको समय दिनु पर्नेछ।